Skip to content
LAXMI SUNRISE BANK

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय गणेश कुमार कुलुङ राई, २७ वर्षीय बलराम कुमार महतो र २२ वर्षीय रचना थापा रहेका छन् ।

गणेश कुमार कुलुङ राईले जापान पठाईदिने भन्दै ६ लाख ५० हजार, महतोले मलेसिया पठाईदिने भन्दै ४ लाख ९५ हजार ५ सय रुपैयाँ र थापाले पोर्चुगल पठाईदिने भन्दै ९ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले राईलाई माछापोखरी, महतोलाई सिनामंगल र थापालाई मनमैजुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK