काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विकास कुमार घले, संजय लामा, विन्दालाल शाह कानु र पुजा श्रेष्ठ रहेका छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुले सर्बिया, मलेसिया, पोल्याण्डलगायतका देशमा पठाईदिने भन्दै रकम ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका घले र लामाले आकर्षक तलब सुबिधा हुने प्रलोभन देखाएर पीडितहरुबाट १३ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए । त्यस्तै, पुजा श्रेष्ठले २ लाख १५ हजार रुपैयाँ ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चार जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्