×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय उज्वलराज पाण्डे र २९ वर्षीय अजय थापा र रविन थापा भनेर चिनिने कोषराज नेपाली रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उज्वलराज पाण्डेले बिबेक सुनार सहित ३ जनालाई ओमन पठाईदिने भन्दै ५ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए । त्यस्तै, कोषराज नेपालीले क्रोएसिया पठाईदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी