×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोर्चुगल पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पोर्चुगल पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

१२ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । नुवाकोट जिल्ला लिखु गाउँपालिका वडा नं.०४ घर भई हल काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपाने पक्राउ परेका हुन् ।

उनले आकर्षक तलब हुने प्रलोभन देखाएर १२ लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ १० गते माछापोखरीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी