×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि मकाउ पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि मकाउ पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

१४ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि मकाउ पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं. ०३ महाराजगंज बस्ने ५३ वर्षीय पृथ्वी राज सिग्देल पक्राउ परेका हुन् ।
उनले मनिराम तिमिल्सिनालाई मकाउ पुगेपछि आकर्षक तलब हुने प्रलोभनमा परेर दुई लाख ७० हजार रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सिग्देललाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी