×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्रोएसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्रोएसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

Artha Sarokar

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । क्रोएसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. २३ बसन्तपुर बस्ने ३५ वर्षीय विशाल श्रेष्ठ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले माघ ९ गते बागबजारबाट पक्राउ गरेको हो । श्रेष्ठले एलिना पख्रिनलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाईदिने भन्दै एक लाख चार हजार रुपैयाँ ठगी गरेका थिए ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी