काठमाडौँ । धोती दिवस मनाउन माइतीघरमा जम्मा भएकाहरुलाई प्रहरीले लखेटेको छ । सोमबार धोती दिवस मनाउन भन्दै काठमाडौँको माइतीघरमा जम्मा भएका जनमत पार्टीका सांसद तथा नेताहरुलाई प्रहरीले लखेटेको हो । निषेधित क्षेत्रमा भेला भएको भन्दै दिवस मनाउन भेला भएकाहरुलाई लखेटेको प्रहरीले जनाएको छ ।
त्यस्तै, धोती दिवस मनाउन भेला भएका जनमत पार्टीका अध्यक्ष एव्म सांसद सिके राउतसहित नेतालाई प्रहरीले पक्राउ नै गरेको छ ।
सोमबार जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी शाह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठलगायतका नेता कार्यकर्ता धोती लगाएर सडकमा नाराबाजी गर्दै उत्रिएका थिए । उनीहरूलाई प्रहरीले धरपकड गर्दै नियन्त्रणमा लिएको हो । प्रहरी र जनमतका कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो ।
सरकारले माइतीघरदेखि नयाँ बानेश्वरसम्म वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्