×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने

Artha Sarokar

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगलबारदेखि पोखरामा हुने आहा रारा गोल्डकपको २३औं संस्करणका खेलहरुको डिशहोमले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको डिसहोमको एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

डिशहोम र आहाको आयोजक सहारा क्लबबीच गोल्डकपको बोर्ड कास्टिङ पार्टनरका रुपमा रहने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एप डिस होम गोमा पनि हुनेछ । एक्सन स्पोर्टसले यसअघि पनि आहा गोल्डकपको प्रत्यक्ष प्रसारण गरेको थियो ।

९ वटा ‘ए’ डिभिजन क्लब तथा भुटानको पारोसहित १२ टोलीले यसपटकको प्रतियोगितामा सहभागिता जनाउँदैछन् । उद्धघाटन खेलमा आयोजक सहारा र थ्री स्टार क्लब आमने सामने हुनेछन् । प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई ‘ए’ डिभिजन टोली मछिन्द्र क्लब र जावलाखेल युथ क्लब माघ ११ गते र दुई विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबको भेट माघ १२ मा हुनेछ ।

साविक विजेता संकटा क्लब, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब र लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले भने सिधै क्वार्टरफाइनलमा प्रवेश पाएका छन् । प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।

विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ रुपैयाँ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रिक्वार्टर खेल्ने टोलीले २० हजार, क्वार्टरफाइनल खेल्ने टोलीले ३० हजार र सेमिफाइनल खेल्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी