काठमाडौँ । दोस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता फागुन १८ र १९ गते मोरङमा हुने भएको छ । डोरीतान संघ कोशी प्रदेशको आयोजना र केन्द्रीय समितिको अभिभावकत्वमा आयोजना हुन लागेको प्रतियोगिता यसअघि माघ २६ र २७ गतेलाई तय भएको थियो ।
डोरीतान संघ कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेका अनुसार व्यवस्थापनको तयारी पूरा भइनसकेको तथा केही प्राविधिक कारणले प्रतियोगिताको मिति सारिएको हो ।
राष्ट्रिय प्रतियोगितामा तीनवटा विभागीय र ७ वटा प्रदेशका टिमसहित १० वटा टिमले सभागिता जनाउने अध्यक्ष न्यौपानेले बताइन् । उनका अनुसार प्रतियोगिताको विजेताले नगद १ लाखसहित ट्रफी पाउनेछन् ।
उपविजेताले नगद ५० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । यसअघि कात्तिकमा बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय डोरी तान प्रतियोगितामा सहभागिता जनाएको नेपालले विजयी भएको थियो । नेपालले मलेसिया र बैंककमा पनि उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थानमा हासिल गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्