काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिकाले कागजपत्र नभएका ‘इलेक्ट्रिक रिक्सा’मा डोजर चलाएको छ । खुला नाकाबाट अवैध रुपमा आयात गरिएका ‘इलेक्ट्रिक रिक्सा’माथि उमहानगरपालिकाले डोजर चलाएको हो ।
कागजपत्र नभएका ‘इलेक्ट्रिक रिक्सा’माथि डोजर चलाएको नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राईले पुष्टि गरेका छन् । उनले अवैध रुपमा आयात गरिएका ‘इलेक्ट्रिक रिक्सा’हरु नियन्त्रणमा लिएर कागजपत्र माग गरेको र कागजपत्र नभएका ‘इलेक्ट्रिक रिक्सा’मा पुनः प्रयोग गर्न नमिल्ने गरी डोजर चलाएको बताएका छन् ।
‘हामीकहाँ प्रयोग भइरहेका तर कागजपत्र नभएका इलेक्ट्रिक रिक्साहरु धेरै छन् । पटकपटक कागजपत्र ल्याउन आग्रह गर्दा पनि कागजपत्र नआएपछि आवश्यक कारवाही अघि बढाएका हौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै उपप्रमुख राईले भने, ‘जसको कागजपत्र छ, उहाँहरुलाई अटोरिक्सा फिर्ता गर्छौं तर जसको कागजपत्र छैन, डोजर चलाएर प्रयोग गर्न नमिल्ने गरी कुच्याएर फिर्ता गर्छौं ।’
‘इलेक्ट्रिक रिक्सा’मा डोजर चलाएको भन्दै चर्को विरोध भएपछि हाल रिक्साचालक र नगरपालिकाबीच छलफल चलिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्