काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुसबापतको बक्यौता महसुल रकम किस्ताबन्दीमा बुझाउन सार्वजनिक आह्वान गरेको छ । डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाएको भन्दै उद्योगहरूको लाइन काटिएपछि व्यवसायी आन्दोलित भइरहेका बेला प्राधिकरणले यस्तो सूचना निकालेको हो ।
प्राधिकरणले तिर्न बाँकी बक्यौता रकम बुझाउन ३० दिनभित्र प्राधिकरणमा आवेदन दिन भनेको छ ।
प्राधिकरणको १६ पुसमा बसेको बैठकले प्राधिकरणका विभिन्न संरचनाबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूले तिर्न बाँकी रहेको बक्यौता किस्ताबन्दीमा तिर्न पाउने गरी व्यवस्था गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्राधिकरणले मंगलबार सूचना निकालेर यस्तो आह्वान गरेको हो ।
‘विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ प्राधिकरणले भनेको छ ।
डेडिकेडेट र ट्रंक लाइनको बक्यौता नबुझाउने उद्योगहरूको लाइन काटिएको छ । जसका कारण उद्योगी–व्यवसायीहरू आन्दोलित हुँदै आएका छन् । उद्योगी र प्राधिकरणबीचको महसुल विवाद सुल्झाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समेत चासो दिएका छन् । सोमबार मात्रै प्रधानमन्त्री दाहालले महसुल पनि उठ्ने र उद्योगहरू पनि बन्द नहुने गरी समन्वय गर्न निर्देशन दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्