×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवा र फोनपोइन्टसबीच सम्झौता, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

इसेवा र फोनपोइन्टसबीच सम्झौता, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने

Artha Sarokar

५ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इसेवा र फोनपोइन्टसबीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र फोन पोइन्टस्का प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार इसेवाको लोयल्टी तथा रिवार्ड पोइन्टको व्यवस्थापन फोनपोइन्टस्ले गर्ने भएको छ । फोन पोइन्टस्ले इसेवाको रिवार्ड लोयल्टी तथा अन्य पुरस्कार कार्यक्रमको व्यवस्थापनमा प्रमुख साझेदारको रूपमा काम गर्नेछ ।

साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले उत्साह व्यक्त गर्दै भने, ‘हामी फोनपोइन्टस्सँग साझेदारी सुरू गर्न पाउँदा खुशी छौँ र यसले लोयल्टी पुरस्कार व्यवस्थापनमा सकरात्मक प्रभाव पार्ने कुराको आशा गर्दछौँ । हामी फोनपोइन्टस्ले इसेवा प्रयोगकर्ताको अनुभवमा ल्याउने सुधारहरू हेर्न तत्पर छौँ।’

फोनपोइन्टस् र इसेवाबीचको यो सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिन महत्वपूर्ण फड्को मार्ने आशा गरिएको छ । दुवै कम्पनी इनोभेशनलाई बढवा दिन तथा ग्राहकको सन्तुष्टि बढाउन र रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुनेछन् ।

फोनपोइन्टस् एक लोयल्टी पोइन्ट व्यवस्थापन प्लेटफर्म हो, जसले व्यक्ति र व्यवसायलाई लोयल्टी प्रोग्रामहरूमासँग संलग्न हुने तरिकामा धेरै तरिकाले परिवर्तन गर्ने लक्ष्य राखेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी