काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा रहेको छ ।
यता कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः