×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार अमेरिकी डलरको भाउ स्थिर, पाउण्डको भाउ घट्यो (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सोमबार अमेरिकी डलरको भाउ स्थिर, पाउण्डको भाउ घट्यो (विवरणसहित)

Artha Sarokar

१५ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । आइतबारको तुलनामा डलरको मूल्यमा आज कुनै घटबढ भएको छैन ।

त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा रहेको छ । आइतबारको तुलनामा बेलायती पाउण्ड घटेर आएको छ । आइतबार पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो ।

यता कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी