Skip to content
LAXMI SUNRISE BANK

ठगी मुद्दाका थुनुवा अदालतबाट हतकडीसहित फरार !

अर्थ सरोकार

काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट एकजना थुनुवा फरार भएका छन् ।

डलर देखाएर लुटपाट गरेको आरोपमा थुनामा राखिएका विमल खड्का काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित फरार भएका हुन् । म्याद थपका लागि अदालत लगिएका बेला उनी प्रहरीको रहोबरबाटै फरार भएका हुन् ।

उनलाई प्रहरी वृत्त स्वयम्भुले पक्राउ गरेको थियो । हाल अदालत परिसरबाटै फरार भएका थुनुवाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK