काठमाडौँ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र फाइनान्स फ्रेण्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । युवा तथा साना व्यवसायीहरुका लागि बित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गरिरहेको फाईनान्स फ्रेन्डले विभिन्न सेवा दिनेगरी समझदारी भएको हो ।
उक्त समझदारी पत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक बिश्वमोहन अधिकारीले र फाईनान्स फ्रेन्ड प्रालिका तर्फबाट संस्थापक तथा अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका छन् । यस सम्झौताको कार्यान्वयनबाट बित्तीय साक्षरता तथा प्रशिक्षणका क्षेत्रमा थप सहयोग पुग्ने र युवा तथा ब्यवसायीहरु लाभान्वित हुने विश्वास गरिएको छ ।
फाइनान्स फ्रेण्ड पूर्व बैंकर तथा चार्टर्ड एकाउन्टेन्टहरुको समूहले स्थापना गरेको कम्पनी हो ।