Skip to content
LAXMI SUNRISE BANK

‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था हटाउँदै सरकार !

अर्थ सरोकार

काठमाडौँ । सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था हटाउने तयारी गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि ‘फ्रि भिसा, फ्रि टिकट’को नीति अव्यवहारिक र श्रमिकको हितमा कार्यान्वयन नभएको भन्दै सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था हटाउने तयारी गरेको हो ।

‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था हटाउने तयारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताएका छन् । उनले शुन्य लागतमा कामदार पठाउन नसकिने भन्दै शुल्क तोक्ने विषयमा गृहकार्य भइरहेको बताएका छन् ।

हाल ‘फ्रि भिसा, फ्रि टिकट’मा कामदार पठाएबापत १० हजार रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था भए पनि ‘फ्रि भिसा, फ्रि टिकट’मा विदेश जाने श्रमिकहरुले लाखौँ रुपैँया तिरिरहेको पाइएको मन्त्री भण्डारीको भनाई छ । मन्त्री भण्डारीका अनुसार यही कारण ‘फ्रि भिसा, फ्रि टिकट’का नाममा खुलेआम ठगी भइरहेको र राज्यले पाउनुपर्ने कर समेत गुमाइरहेकोले यस्तो व्यवस्था हटाउने तयारी गरिएको हो ।

त्यस्तै, मन्त्री भण्डारीले ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्थाबारे आमनागरिकमा सही सूचना दिन नसकेको पनि स्वीकारेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK