काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डला मानिसहरुले आफ्नो कुरा राख्ने, सरकार र संसदलाई सुनाउने महत्वपूर्ण ठाउँ भएको बताएका हुन् ।
महामन्त्री थापाले सोमबार बिहान धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सहित मन्त्री र केही मानिसलाई पक्राउ गरेको सन्दर्भ जोड्दै माइतिघरको निषेधित क्षेत्र हटाइनुपर्ने माग गरे ।
प्रहरीले धोती दिवस मनाउँन गएकाप्रति बल प्रयोग गर्नुपरेको कारण पनि निक्षेधित क्षेत्र नै भएको थापाको बुझाई छ । उनले भने, ‘माइतिघर मण्डलामा मानिसले आएर आफ्नो कुरा राख्ने ठाउँ बनाएको हो नि त, त्यहाँ बोलेपछि सरकार, संसदले बोलेको कुरा सुन्छ भन्ने अनुभूति गराउन खोजेको हो । निषेधित क्षेत्र घोषणा गर्नुको कुनै औचित्य छैन । त्यसैले माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् ।’
आज धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवी लगायत ५० भन्दा धेरै जनमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्