Skip to content
LAXMI SUNRISE BANK

गणपति लघुवित्त वित्तीय संस्थाको सातौं साधारणसभा सम्पन्न

अर्थ सरोकार

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पौष २९ गते आइतबार बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस, शुक्लागण्डकी ४ दुलेगौडा तनहुँमा सम्पन्न भएको हो।

साधारणसभाले सम्पुर्ण प्रस्तावहरु सर्वसहमतीले पारीत गरेको छ । सातौं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनिहरुको प्रतिनिधित्व गर्दै २ जना नयाँ संचालकहरु निर्विरोध निर्वाचित भएका  छन् । यसरी निर्वाचित भएका संचालकहरुमा क्रमशः प्रकाश खरेल र  भुपेन्द्र प्रसाद जोन्छे रहेका छन् ।

लघुवित्तले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामिण क्षेत्रका ३३,८५८ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरीरहेको छ । यो अवधीसम्म २ अर्ब ८ करोड ९७ लाख कर्जा लगानीमा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK