×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गणपति लघुवित्तले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव

PRIME CA

गणपति लघुवित्तले माग्यो कर्मचारी, यस्तो छ आवश्यक योग्यता र अनुभव

१ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले शाखा प्रबन्धक, सुचना प्रविधि र प्रशिक्षार्थि सहायक पदका लागि केहि कर्मचारी माग गरेको हो ।

लघुवित्तले माघ १ गते सुचना जारी गर्दै कर्मचारी माग गरेको जनाएको हो । लघुवित्तले जारी गरेको सुचना अनुसार शाखा प्रबन्धक पदका लागि स्नातक तह उत्तीर्ण गरेको र लघुवित्त वित्तीय संस्थामा कम्तिमा दुई वर्ष कार्य अनुभव भएको हुनुपर्ने छ । साथै, शाखा प्रबन्धक भई कार्य गरेकोलाई प्राथमिकता दिईने कम्पनीले जनाएको छ ।

सुचना प्रविधि विभाग (सहायक) पदका लागि सुचना प्रविधि पढेको व्यक्तिलाई प्राथमिकता दिईने छ भने प्रशिक्षार्थि सहायकको लागि एसएलसी/एसईई पास गरेको हुनुपर्नेछ । त्यस्तै, कम्प्युटर सम्बन्धि ज्ञान भएको र ग्रामिण क्षेत्रका काम गर्न इच्छुकले आवेदन दिन सक्नेछन् ।

लघुवित्तले खुलाएको पदमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन लघुवित्तको इमेल वा वेबसाइटबाट दिन सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: