Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकको १७औं साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

अर्थ सरोकार

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा पौष २९ गते आइतबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।

उक्त साधारणसभाले सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब ७० करोड बनाउने, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

बैंकको हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब रु ६९ अर्ब कर्जा प्रवाह गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK