×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा क्यापिटलले ल्यायो ‘लगानी व्यवस्थापन सेवा’ योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमा क्यापिटलले ल्यायो ‘लगानी व्यवस्थापन सेवा’ योजना

Artha Sarokar

२ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा योजना ल्याएको छ । यो योजना माघ १ गते देखि माघ मसान्त सम्म मात्र लागू हुनेक्यापिटलले जनाएको छ ।

यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरुले सेवाबाट बाहिरिदा पनि बिना कुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिने जनाएको छ ।

क्यापिटलले यो सेवा माघ मसान्त सम्म प्राकृतिक व्यक्तिहरुको लागि मात्र लागू गरेको छ । साथै, यो योजना उपभोग गर्न न्युनतम लगानी रकम वा सेयर दश लाखको हुनुपर्ने छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरु मार्फत वा ह्वाटस्एप/भाइबर/सोसल मिडियाबाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी