×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका अन्तराष्ट्रिय विमानस्थलमा लगानी गर्ने गौतम अडानीको चाहना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपालका अन्तराष्ट्रिय विमानस्थलमा लगानी गर्ने गौतम अडानीको चाहना

Artha Sarokar

१० माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतको अडानी ग्रुपले नेपालका अन्तराष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनमा चासो देखाएको छ । भारतमा अर्थमन्त्री डा.प्रकाशशरण महतसहँग भएको भेटमा अडानी ग्रुपका प्रमुख गौतम अडानीले नेपालको निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण तथा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल लगायतका विमानस्थल सञ्चालनमा चासो देखाएका हुन् ।

‘भाइब्रेट गुजरात समिट २०२४’ मा सहभागी हुन भारत गएका अर्थमन्त्री डा.प्रकाशशरण महतसँग गौतम अडानीले नेपालका अन्तराष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनमा चासो देखाएका हुन् ।

यतिसम्म कि अडानीले नेपाल सरकारले सहजीकरण गरेको अवस्थामा निजगढ विमानस्थल निर्माण र भैरहवा लगायतका विमानस्थल नाफामा सञ्चालन गर्न सक्ने दाबी गरेका थिए । उनले नेपालमा प्रतिस्पर्धाका आधारमा अयोजना दिँदा सस्तोमा कमजोर कम्पनीले काम लिने र सम्पन्न गर्न नसक्ने समस्या देखिएको पनि बताएका थिए ।

त्यस्तै, उनले नेपालका अन्तराष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालनको जिम्मेवारी पाए निर्धारित समयमै काम सम्पन्न गर्ने दाबी पनि गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी