Skip to content
LAXMI SUNRISE BANK

सोमबार स्थिर रह्यो सुनचाँदीको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १४५५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य एक लाख ३ हजार ३ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख दुई हजार ५ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK