Skip to content
LAXMI SUNRISE BANK

मंगलबार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक २० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले बढेर एक लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३ हजार ७ सय ४० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ३ हजार २ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK