×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

Artha Sarokar

१९ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३०० रुपैयाँले घटेर एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन १२५० रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १४२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य एक लाख दुई हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी