Skip to content
LAXMI SUNRISE BANK

आइतबार स्थिर रह्यो सुनचाँदीको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १९ हजर ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १८ हजार ९ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १४२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख दुई हजार ४ सय २० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK