×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

Artha Sarokar

२३ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७०० रुपैयाँले घटेर एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १४१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ८ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ३ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी