काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले घटेर एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २०० रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १४१५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ६ सय ८० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार दुई सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१३ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।