काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले बढेर एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १४२० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख दुई हजार एक सय ९५ रुपैयाँ, प्रति १० ग्राम तेजाबीको सुनको मूल्य एक लाख एक हजार ७ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२१७.५० रुपैयाँ कायम गरेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्