Skip to content
LAXMI SUNRISE BANK

सोमबार स्थिर रह्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १७ हजार ८ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १३९० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ५ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११९२ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK