Skip to content
LAXMI SUNRISE BANK

मंगलबार पनि स्थिर रह्यो सुनको मूल्य

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य स्थिर रहेको छ।

सोमबार प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १३७० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ५ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख एक हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११७४.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK