×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

PRIME CA
GLOBAL IME BANK

आइतबार स्थिर रह्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१४ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि स्थिर रहेर प्रतितोला १४०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख एक हजार ६ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२०० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: