×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरविरुद्ध परेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गभर्नरविरुद्ध परेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा

Artha Sarokar

९ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा दायर रिटको सुनुवाई हेर्न नभ्याइनेमा परेको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिटको माघ ९ गते (मंगलबार) पूर्ण इजलासमा सुनुवाई हुने भनिएको भए पनि समय अभावका कारण सुनुवाई हेर्न नभ्याइनेमा परेको हो ।

अब गभर्नर अधिकारीविरुद्ध दायर रिट निवेदनको सुनुवाईका लागि सर्वोच्च अदालतले अर्को पेशी तोक्नेछ । अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र तुडामणि भण्डारीले दायर गरेको रिटमाथि मंगलबार पूर्ण इजलासमा सुनुवाई हुन लागेको हो ।

गभर्नरको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर दायर गरिएको रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।

रिटमा राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नरका लागि अधिकारीको योग्यता नपुग्ने दाबी गरिएको छ । ऐन अनुसार गभर्नरका लागि शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । तर, गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेन्ट मात्र रहेको र त्यो स्नातकोत्तर वा सो सरह नभएको पनि सर्वोच्चमा दायर गरिएको रिटमा उल्लेख छ ।

यसो त गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै यसअघि पनि सर्वोच्च अदालतमा रिट दायर भएको थियो । तर, सर्वोच्च अदालतले लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृतले दायर गरेको उक्त रिट खारेज भएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी