×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हंस बहुउद्देश्यीय सहकारीद्वारा एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हंस बहुउद्देश्यीय सहकारीद्वारा एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२४ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ सेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा अभिमुखिकरण कार्यक्रम भरतपुर १६, विजयनगरमा सोमबार सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संस्थाकी सचिव शरद शर्मा पौडेलले सदस्यहरुको आर्थिक, सामजिक, शैक्षिक समस्या समाधान गर्न सहकारी स्थापना भएको बताईन । सहकारी संस्था सञ्चालक समितिको मात्र नभई सदस्यहरुले पनि आफू मालिक हो भन्ने कुरा बिर्सन नहुनेमा उनले जोड दिएकी थिइन्। संस्थाले सदस्यहरुको हितसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामजिक क्रियाकलाप पनि गर्दै आएको बताएकी थिइन् ।

सहकारी शिक्षाको कमी हुँदा सहकारी अघि बढ्न नसक्ने भएकोले आफ्ना सदस्यलाई सहकारी सम्बन्धी प्रर्याप्त ज्ञान हुन आवश्यक रहेको र पछिल्लो पटक केही सहकारीमा वेथिति हुँदा सहकारीको बदनाम भईरहेको उल्लेख गर्दै उनले सहकारीका सञ्चालकहरुको बारेमा बुझेर मात्र सहकारीमा आवद्ध हुन आग्रह गरिन् ।

सहकारीका आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा, बचत र ऋण कारोबार, सहकारी नीति, नियम, कानून लगायतका विषयमा जानकारी दिने उद्धेश्यले सहकारी शिक्षा कार्यक्रम गरिएको संस्थाका शिक्षा उपसमिति संयोजक देशबन्धु अधिकारीले जानकारी दिए । संस्थाको स्थापना र उद्देश्यबारे जानकारी गराउँदै संयोजक अधिकारीले सहकारीले सदस्यहरुको हितमा समान ढंगले सेवा प्रदान गरिरहेको स्पष्ट पारेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रबन्धक नारायण प्रसाद सापकोटाले गरेका थिए । संस्थाको विजयनगर सेवाकेन्द्र अन्तर्गतका नयाँ सदस्यहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा संस्थाका संचालक सदस्य एवं सेवाकेन्द्र उपसमिति संयोजक ध्रुबकुमार ओझा, सदस्यहरु शंकर अधिकारी, इश्वरी देवी घिमिरे, रमा ढुंगाना, सेवाकेन्द्र प्रमुख श्रीकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: