काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने घोषणा गरेको हो ।
कम्पनीको पुष १९ गते बसेको सञ्चालक समितिको बैठकले साबिकको प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित नाफाबाट यसवर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले यसवर्ष सेयरधनीलाई लाभांश नदिने घोषणा गरेसँगै हिमालयन लाईफ इन्स्योरेन्सका लगानीकर्ता निराश बनेका छन् ।