काठमाडौँ । कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुतेपछि अस्पतालका तीन स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् । २४सै घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने इमर्जेन्सी कक्षको बेडमा कुकुर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको हो ।
निलम्बनमा पर्नेमा इमर्जेन्सी फाँटमा खटाइएका दुई जना अहेब र एक जना कार्यालय सहयोगी रहेको अस्पताल प्रशासनले जनाएको छ ।
बिरामी हुनुपर्ने अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुतेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले उक्त विषयमा चासो दिएको थियो । छानविनका क्रममा कोही नभएको बेला इमर्जेन्सी बेडमा कुकुर सुतेको पाइएको अस्पताल प्रशासनले पनि पुष्टि गरेको छ । इमर्जेन्सी बेडमा कुकुर सुतेको अस्पतालको सीसीटिभी फुटेजमा स्पष्ट देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्