काठमाडौं। आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस हस्पिटलबीच नगद रहित सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्य र ब्लू क्रस हस्पिटलका निर्देशक-लेखा तथा प्रशाशन सदस्य सिता देवी गौतम सिंहले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात आइजीआइ प्रुडेन्सियलबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सिमासम्म ब्लु क्रस हस्पिटलबाट नगद रहित हस्पिटलाइजेशन सेवा प्राप्त गर्न सकिनेछ ।
साथै, सोहि अवसरमा आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्यले ब्लु क्रस हस्पिटलले आफ्ना ग्राहकहरुलाई इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाइजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवस्यक पर्ने सबै प्रकारका निर्जिबन बीमा सेवा आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुँदा ढुक्क भएर सेवा लिन आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्