×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई लाइफ इन्स्योरेन्सद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइएमई लाइफ इन्स्योरेन्सद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ

Artha Sarokar

१४ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा ९६.१४ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.२० प्रतिशत बढी हो ।

कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ११.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.२७ रुपैयाँ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी