×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तको सातौं साधारणसभा सम्पन्न

GLOBAL IME BANK
SHREE KESH

इन्फिनिटी लघुवित्तको सातौं साधारणसभा सम्पन्न

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा पौष २८ गते संस्थाका अध्यक्ष  विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले भौतिक र भर्चुअल माध्यमद्धारा उपस्थित सञ्चालक, अतिथि र सम्पूर्ण सेयरधनी महानुभावहरुलाई स्वागत गरेका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखारीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । साथै, उक्त साधारण सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रभा खनाल र  मुकुन्द प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: