Skip to content
LAXMI SUNRISE BANK

इन्फिनिटी लघुवित्त सातौं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम गरी मनायो वार्षिकउत्सव

अर्थ सरोकार

काठमाडौं। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड सातौं वर्षमा प्रवेश गरेको छ । लघुवित्तले सातौँ वार्षिकउत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

वार्षिकउत्सवको अवसरमा वित्तीय जनचेतना सहित प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै, संस्थाको तर्फबाट चितवन भरतपुर महानगरपालिका, वडा नं.४ स्थित आदर्श गृह नेपाललाई खाद्यान्नको सामान (चामाल, दाल, भुजा चिनी, चियापत्ति, चाउचाउ) वितरण गरेको छ ।

वित्तीय संस्थाले हाल सम्म विपन्न वर्गका सदस्यहरुलाई सहज रुपमा डिजिटल लघु बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । हाल सम्म संस्थाले १०,००३६ सदस्यहरुलाई सेवा दिई विभिन्न उद्देश्यमा ३६४१३ जना ग्राहकहरुमा बाँकी कर्जा रु. ४ अरब ८४ करोड रहेको छ भने ग्राहक सदस्यहरुको बचत रकम रु.१ अरब २६ करोड रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK