×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फोडेभलपर्सले ल्यायो ‘अब टपअपमा उपहार’ योजना, स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका

अर्थ सरोकार

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार

PRIME CA

इन्फोडेभलपर्सले ल्यायो ‘अब टपअपमा उपहार’ योजना, स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका

काठमाडौं । इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ एपको नयाँ योजना अन्तर्गत ‘अब टपअपमा उपहार’ योजना सुरु गरेको छ । यस योजना अन्तर्गत सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो सहकारी र लघुवित्तको मोबाइल बैंकिङ एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टपअप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन् ।

उक्त योजना अन्तर्गत बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी घोषित गरिएको छ भने थप उपहारमा नोइज ब्रान्डको इअरबड्स , खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट-ब्यान्ड्स रहेको छ । यो योजना ३१ चैत्रमा समाप्त हुनेछ । यस योजनाका विजेताहरु इन्फोडेभलपर्स र एम डबली-मोबाइल बैंकिङको फेसबुक पेज मार्फत घोषणा गरिनेछ ।

यस योजनाबाट सहकारी र लघुवित्तका सदस्यहरुले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य इन्फोडेभलपर्सले राखेको छ। साथै, सदस्यहरूलाई मोबाइल बैंकिङको सुविधा अझै सुलभ र सजिलो बनाउनुका साथै मोबाइल बैंकिङ एपको प्रयोगकर्ताहरू बढाउने लक्ष्य राखेको इन्फोडेभलपर्सका डिजिटल बैंकिङ प्रमुख विदित वाग्लेले बताए ।

त्यसैगरी, यो योजनाले सहकारी तथा लघुवित्तको क्षेत्रमा मोबाइल बैंकिङ एपको अनुभवमा सकारात्मक परिवर्तन ल्याउनुका साथै नयाँ सदस्यहरू बनाउने, ग्राहक संलग्नता बढाउने, र मोबाइल बैंकिङ एपको प्रयोगमा ब्रिद्धी हुने अपेक्षा गरेको इन्फोडेभलपर्सका बजार प्रमुख रेशम भण्डारीले बताए ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: