×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोवर इर्खुवा हाईड्रोपावरले आइपीओ जारी गर्ने

अर्थ सरोकार

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार

PRIME CA

लोवर इर्खुवा हाईड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख ५ हजार ७ सय ५० कित्ता सेयर जारी गर्न लागेको हो ।

आइपीओको प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ । मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हाइड्रोपावरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन् ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: