काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा.एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार नेपाल आएका आएका उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेका हुन् ।
साथै, उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा पनि रोपेका छन् ।
भ्रमणका क्रममा विदेशमन्त्री डा.जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए ।