Skip to content
LAXMI SUNRISE BANK

झापा इनर्जीले आइपीओ जारी गर्ने प्रस्तावसहित डाक्यो साधारणसभा

अर्थ सरोकार

काठमाडौं। झापा इनर्जी लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित माघ २३ गते साधारणसभा डाकेको छ । सभा परियोजना स्थल, शिवसताक्षी-४, बुलुचोक झापामा बिहान १० बजेदेखि सुरु हुने जनाईएको छ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

उक्त सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेपछि मात्रै थप प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK