काठमाडौँ । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई सरकारले गाडी दिने भएको छ । कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका शाहीलाई प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीको हैसियतले गाडी दिने तयारी गरेको हो ।
पूर्वमुख्यमन्त्री शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा गाडी दिने तयारी गरिएको हो । यसका लागि गत पुष २५ गते बसेको मन्त्रिपरिषद्को बैठकलेसमेत निर्णय गरिसकेको बताइएको छ ।
योसँगै पूर्वमुख्यमन्त्री शाहीलाई प्रदेश सरकारले एउटा गाडी, चालक, मर्मत खर्च र मासिक दुई सय लिटर इन्धन दिने भएको छ ।
तर, प्रदेशको कानुनमा पूर्वमुख्यमन्त्रीको हैसियतमा गाडी दिने कानुनी व्यवस्था नभएको भन्दै उक्त निर्णयको चौतर्फी विरोध भएको छ । स्वयम प्रदेश सांसदहरुले पनि कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गाडी सुविधा नपाएको अवस्थामा जीवनबहादुर शाहीलाई उक्त सेवा दिइनु गलत भएको टीप्पणी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्