×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सशस्त्र प्रहरीमा जागिरको अवसर, कुनकुन पदका लागि क-कसले आवेदन दिन सक्छन् ?

PRIME CA

सशस्त्र प्रहरीमा जागिरको अवसर, कुनकुन पदका लागि क-कसले आवेदन दिन सक्छन् ?

२० पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सशस्त्र प्रहरीले ठूलो संख्यामा जागिर खुलाएको छ । सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई) देखि विभिन्न पदका लागि जागिर खुलाएको हो ।

शुक्रबार सूचना सार्वजनिक गर्दै सशस्त्र प्रहरीले इन्स्पेक्टर, असई, भान्से, कूचीकार, सूचीकार, केशकर्तक, चर्मकर्मी र मालीका लागि दरखास्त आख्वान गरेको छ ।

सशस्त्र प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार इन्सपेक्टरमा ९९ जना, असईमा ९८ जना, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचीकार, ४ जना केशकर्तक, चर्मकर्मी ५ जना र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरीले भर्ना खुला गरेको विभिन्न पदमा इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदन अनलाइनमार्फत पनि दिन सकिनेछ । यस्तो छ सशस्त्र प्रहरीले नयाँ भर्ना सम्बन्धी जारी गरेको सूचनाः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: