×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश हेलिकप्टरले प्रिमियममा आईपीओ जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कैलाश हेलिकप्टरले प्रिमियममा आईपीओ जारी गर्ने

Artha Sarokar

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कैलाश हेलिकप्टर सर्भिसेस लिमिटेडले प्रिमियमा आईपीओ जारी गर्ने भएको छ । जारी पुँजी ३५ करोड रुपैयाँ रहेको कैलाश हेलिकप्टरले १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो ।

आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा माघ ३ गते (बुधबार) हेलिकप्टरका तर्फबाट प्रबन्ध सञ्चालक प्रताप जङ्ग पाण्डे र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

सन् २०१८ मार्च २३ बाट सञ्चालनमा आएको कैलाश हेलिकप्टर पहिलो वर्षदेखि नै नाफामा रहँदै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कोभिड-१९ महामारीको समयमा बाहेक कैलाश हेलिकप्टरले लगानीकर्तालाई प्रतिफल दिँदै आएको छ । गत आर्थिक वर्षमा पनि कम्पनीले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशन पालना गर्न कम्पनीले पुँजी वृद्धि गरी थप दुईवटा हेलिकप्टर सञ्चालन गर्ने उद्धेश्यसहित प्रिमियममा आईपीओ जारी गर्न लागेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी