×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश हेलिकप्टरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कैलाश हेलिकप्टरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

Artha Sarokar

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । हेलिकप्टरले जारी पूँजी ३५ करोडको १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको हो ।

कम्पनीले आइपीओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । माघ ३ गते आयोजित एक कार्यक्रममा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कैलाश हेलिकप्टर कम्पनीले आर्थिक वर्ष २०७९/२०८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशतका दरले नगद लाभांस वितरण गरेको छ । उक्त बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु.३१ करोड ५० लाख रहेको छ । कम्पनीको किताबी मुल्य १४६.२९ कायम रहेको कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी