काठमाडौँ । मंगलबारदेखि कालिञ्चोकमा हिउँ पर्न सुरु भएको छ । पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध कालिञ्चोकको कुरी तथा आसपासका क्षेत्रमा हिउँ पर्न सुरु गरेको हो । हिउँ पर्न थालेसँगै कालिञ्चोक पुग्ने पर्यटकहरु पनि बढेका छन् । खासगरी हिउँ पर्दाको सुन्दरता अवलोकन गर्न तथा हिउँमा खेल्नका लागि कालिञ्चोक पुग्नेहरु बढेका हुन् ।
समुन्द्री सतहदेखि तीन हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्षकै पहिलो हिमपात भएको हो ।
हिमपात भएसँगै कालिञ्चोक, शैलुङ, चेर्दुङ लगायतका क्षेत्रमा पर्यटकहरु पनि बढेका छन् । हिमपातसँगै पर्यटक बढेपछि व्यवसायीहरु पनि हर्षित बनेका छन् ।
हरेक वर्षजसो हिमपात भएपछि पर्यटकको संख्या बढ्ने भएकाले हिउँ पर्न सुरु भएसँगै यसवर्ष पनि हिउँमा रमाउन कालिञ्चोक पुग्नेहरु बढेका छन् । अहिले कालिञ्चोकका होटलहरुमा अग्रिम बुकिङ गर्नेहरु पनि बढेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्